कांग्रेसको १५औँ महाधिवेशनमा इन्जिनियर अमित खनालद्वारा उम्मेदवारी घोषणा

by समतल अनलाइन
27Shares

बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा रुपन्देही क्षेत्र नं. २ बाट पेशागत विज्ञ समूहअन्तर्गत इन्जिनियर अमित खनालले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

‘विचारमा स्पष्टता, पेशामा विज्ञता, राजनीतिमा जिम्मेवारी’ भन्ने मूल नारासहित उम्मेदवारी घोषणा गरेका खनालले पेशागत क्षेत्रबाट हासिल गरेको ज्ञान, अनुभव र विज्ञतालाई पार्टी संगठन, नीति निर्माण तथा जनसेवासँग जोड्ने उद्देश्य रहेको बताएका छन्।

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (CDEN) लुम्बिनी प्रदेशका सभापतिसमेत रहेका खनालले नयाँ पुस्ताको सार्थक प्रतिनिधित्व गर्दै पेशागत क्षेत्रको आवाजलाई राजनीतिक मञ्चमा प्रभावकारी रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए।

उनले रुपन्देही क्षेत्र नं. २ का क्षेत्रीय प्रतिनिधि तथा नेपाली कांग्रेसका विभिन्न तह र तप्कामा रहेका नेता–कार्यकर्तासँग साथ, सुझाव र विश्वासका लागि आग्रह गरेका छन्।

खनालले आफ्नो उम्मेदवारीलाई पेशागत ज्ञान, अनुभव र राजनीतिक जिम्मेवारीलाई एकै ठाउँमा जोड्ने प्रयासका रूपमा प्रस्तुत गरेका छन्।

You may also like