भारी वर्षाको जोखिम : पूर्वतयारी तीव्र पारिएको प्रधानमन्त्री शाहको भनाइ

by समतल अनलाइन
27Shares

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सम्भावित मौसमी जोखिम न्यूनीकरणका लागि सरकारले आवश्यक पूर्वतयारी तीव्र पारेको बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत आज उहाँले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा र हुरीको सम्भावना रहेको मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै पूर्वसावधानी अपनाउन आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री शाहका अनुसार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन परिपत्र गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठक गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा राखिएको छ ।

तीनवटै सुरक्षा निकायले नदी तटीय क्षेत्रमा माइकिङ गरी स्थानीयलाई सचेत गराइरहेका छन् ।

प्रधानमन्त्री शाहले रातको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, अनावश्यक लामो दूरीको यात्रा नगर्न र सुरक्षित स्थानमा रहन आग्रह गर्नुभएको छ । जोखिमयुक्त सडकखण्डमा राति सवारी सञ्चालन नगर्न निर्देशन दिइएको उहाँले बताउनुभएको छ ।

सम्भावित बाढी, पहिरो तथा नदी कटानलाई ध्यानमा राखी स्काभेटर, लोडर र डोजरलगायतका उपकरण जोखिमयुक्त सडकखण्ड नजिकै तयारी अवस्थामा राखिएको छ । सडक डिभिजन कार्यालयलाई चौबिसै घण्टा सक्रिय रहन र सडकको अवस्था नियमित सार्वजनिक गर्न निर्देशन दिइएको छ ।

यस्तै, हिमाली तथा पहाडी क्षेत्रमा पदयात्रा र पर्वतारोहणमा रहेका आन्तरिक तथा विदेशी पर्यटकलाई आवश्यक परे सुरक्षित स्थानमा सार्न तथा होटल व्यवसायी र स्थानीय बासिन्दालाई सुरक्षित बासस्थान र सहयोग उपलब्ध गराउन अनुरोध गरिएको प्रधानमन्त्री शाहले बताउनुभएको छ ।

सबै ७ सय ५३ स्थानीय तहलाई स्थानीय विपद् व्यवस्थापन समितिको बैठक गरी आवश्यक पूर्वतयारी गर्न र जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न भनिएको छ ।

प्रधानमन्त्री शाहले असोज ९ गते आवश्यकता अनुसार विद्यालयको पठनपाठन स्थगित गर्न तथा तोकिएका परीक्षा पनि आवश्यकताअनुसार स्थगित गर्न निर्देशन दिइएको बताउनुभएको छ । उहाँले बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन अभिभावकलाई आग्रह गर्नुभएको छ ।

सबै अस्पताल तथा स्वास्थ्यचौकीलाई आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री तयारी अवस्थामा राखी आकस्मिक सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिइएको छ ।

यसैगरी, खाद्य व्यवस्था तथा व्यापार कम्पनीका गोदाममा पर्याप्त मौज्दात कायम राख्न र राजमार्ग अवरुद्ध भए वैकल्पिक मार्गबाट अत्यावश्यक वस्तुको ढुवानी गर्न व्यवस्था गरिएको प्रधानमन्त्री शाहले बताउनुभएको छ । कृत्रिम अभाव, कालोबजारी तथा अनुचित मूल्यवृद्धि गर्नेविरुद्ध कडा कारबाही गर्न बजार अनुगमन तीव्र पारिएको उहाँको भनाइ छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनमा देशभर एसएमएस अलर्ट पठाइएको तथा सञ्चारमाध्यममार्फत मौसमसम्बन्धी सूचना र सावधानीका उपाय नियमित प्रसारण गर्न निर्देशन दिइएको छ ।

प्रधानमन्त्री शाहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागका आधिकारिक सूचना आधार मानी सतर्क रहन आग्रह गर्नुभएको छ । आपत्कालीन अवस्थामा हेलो सरकार ११११, हेलो गृह १११२, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल १११४, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र १२३४ र स्वास्थ्य हेल्पलाइन १११५ मा सम्पर्क गर्न सकिने उहाँले बताउनुभएको छ । मौसमसम्बन्धी जानकारीका लागि ११५५ मा डायल गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

भारी वर्षाको जोखिम : पूर्वतयारी तीव्र पारिएको प्रधानमन्त्री शाहको भनाइ

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा र हावाहुरीको सम्भावना रहेकाले विपद् जोखिम न्यूनीकरणका लागि सरकारी संयन्त्रलाई उच्च सतर्कतामा राखिएको बताएका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत सम्भावित जोखिमलाई ध्यानमा राख्दै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आवश्यक तयारीसहित उच्च सतर्कता अपनाउन निर्देशन दिइएको जानकारी दिएका छन्। जिल्ला सुरक्षा समितिमार्फत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई पनि तयारी अवस्थामा राखिएको उनले बताएका छन्।
नदी तथा खोलाका तटीय क्षेत्रमा सुरक्षा निकायले माइकिङमार्फत स्थानीयलाई सचेत गराइरहेका छन्। शाहले विशेषगरी रातिको समयमा राजमार्गमा यात्रा नगर्न, अनावश्यक लामो दूरीको यात्रा नगर्न र सम्भव भएसम्म सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्। जोखिमयुक्त सडकखण्डमा राति सवारी सञ्चालन नगर्नसमेत निर्देशन दिइएको उनले बताएका छन्।

सम्भावित बाढी, पहिरो तथा नदी कटानका कारण सडक अवरुद्ध हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै स्काभेटर, लोडर र डोजरलगायत उपकरण जोखिमयुक्त सडकखण्ड नजिकै तयारी अवस्थामा राखिएको छ। सडक डिभिजन कार्यालयलाई चौबिसै घण्टा सक्रिय रहन तथा सडकको अवस्थाबारे नियमित जानकारी सार्वजनिक गर्न भनिएको छ।
हिमाली तथा पहाडी क्षेत्रमा पदयात्रा र पर्वतारोहणमा रहेका पर्यटकको सुरक्षालाई समेत प्राथमिकतामा राखिएको छ। आवश्यक परे उनीहरूलाई सुरक्षित स्थानमा सार्न तथा होटल व्यवसायी र स्थानीयसँग समन्वय गर्न सम्बन्धित निकायलाई भनिएको प्रधानमन्त्री शाहले बताएका छन्।

त्यस्तै, देशका सबै ७५३ स्थानीय तहलाई स्थानीय विपद् व्यवस्थापन समितिको बैठक गरी पूर्वतयारी गर्न तथा जोखिमयुक्त बस्तीका नागरिकलाई आवश्यकता अनुसार सुरक्षित स्थानमा सार्न भनिएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै असोज ९ गते आवश्यकताअनुसार विद्यालयको पठनपाठन तथा तोकिएका परीक्षा स्थगित गर्न सकिने व्यवस्था मिल दिइएको छ। साथै, खाद्यान्नको पर्याप्त मौज्दाताउन निर्देशन दिइएको पनि प्रधानमन्त्री शाहले बताएका छन्। बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका क्षेत्रमा जान नदिन अभिभावकलाई आग्रह गरिएको छ।
अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति, औषधि र स्वास्थ्य सामग्री तयारी अवस्थामा राखी आकस्मिक सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिइएको छ। साथै, खाद्यान्नको पर्याप्त मौज्दात कायम राख्न र राजमार्ग अवरुद्ध भए वैकल्पिक मार्गबाट अत्यावश्यक वस्तुको आपूर्ति गर्ने व्यवस्था मिलाइएको जनाइएको छ।
सरकारले मौसमका कारण कृत्रिम अभाव, कालोबजारी तथा अनुचित मूल्यवृद्धि हुन नदिन बजार अनुगमनसमेत तीव्र पार्ने जनाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनमा नागरिकलाई एसएमएसमार्फत मौसमसम्बन्धी चेतावनी पठाइएको तथा सञ्चारमाध्यममार्फत नियमित सूचना प्रवाह गर्न भनिएको छ।
मौसम पूर्वानुमानअनुसार असोज ९ देखि ११ गतेसम्म विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। अन्य प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

प्रधानमन्त्री शाहले नागरिकलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागका आधिकारिक सूचना आधार मानी सतर्क रहन आग्रह गरेका छन्।
आपत्कालीन अवस्थामा हेलो सरकार ११११, हेलो गृह १११२, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी १११४, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र १२३४ र स्वास्थ्य हेल्पलाइन १११५ मा सम्पर्क गर्न सकिने जनाइएको छ। मौसमसम्बन्धी जानकारीका लागि ११५५ मा सम्पर्क गर्न सकिनेछ।

You may also like