रुकुम पश्चिममा बोलेरो जिप दुर्घटना, चालकसहित दुई जनाको मृत्यु

by समतल अनलाइन
33Shares

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६, कोकोटगाउँबाट सिम्लीतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने केही यात्रु घाइते भएका छन्।

आज बिहान डाँगडुङ्गी मोडमा लु १ च ६०२९ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो। दुर्घटनामा त्रिवेणी गाउँपालिका–रुघाँका जिप चालक सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका–६ की १६ वर्षीया प्रेमकला पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई हेलिकोप्टरमार्फत प्रदेश अस्पताल, सुर्खेत पठाइएको छ। अन्य घाइतेहरूको भने सानीभेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

You may also like