40
काठमाडौँ । एसीसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई ३१४ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको हो।
नेपालका लागि आसिफ शेखले उत्कृष्ट शतकीय पारी खेल्दै १०२ रन बनाए। गुलशन झाले अर्धशतक पूरा गर्दै ५२ रन जोडे। त्यस्तै अर्जुन कुमालले ४३, कप्तान रोहित पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८, इशान पाण्डेले १३ तथा बसिर अहमदले अविजित १५ रन बनाए।
युएईका लागि इब्रार अहमदले ४ विकेट लिए भने खुजैमा तनवीरले २ विकेट हात पारे।

