सल्यानमा बोलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ जना घाइते

by समतल अनलाइन
25Shares

सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्कमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

शनिबार बिहान करिब ८ बजे सिम्खबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.प्र.०२००१ ज ०००५ नम्बरको बोलेरो भित्री सडकखण्डमा अनियन्त्रित भएर सडकबाट करिब ९० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा त्रिवेणी गाउँपालिका–५ सिम्कका २४ वर्षीय चालक भुपाल पुन, त्रिवेणी–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी र १८ वर्षीया विपना बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा त्रिवेणी–६ का २९ वर्षीय पारस बोहरा र ५० वर्षीय डिल्लीबहादुर वली घाइते भएका छन्। दुवैको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

यस्तै, त्रिवेणी गाउँपालिका–६ की करिब ४२ वर्षीया लालमति बुढाथोकी पनि घाइते भएकी छन्। उनको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ।

You may also like