52
काठमाडौं/नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका मन्त्री साहले सिंहदरबास्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
निवर्तमान मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि साह मन्त्रीमा नियुक्त भएका हुन् ।
सीके राउतको जनमत पार्टीका उपाध्यक्ष बनेका शाह फागुन २१ को निर्वाचन अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । जलवायु परिवर्तनसम्बन्धी विभिन्न विषयमा काम गरिराखेका उनी पार्टीभित्र टेक्निकल नेता मध्ये प्रभावशाली मानिन्छन् ।
प्रधानमन्त्री वालेन्द्र शाह र नेता अमरेशकुमार सिंह निकट रहेका भनिने उनी बालेनकै सक्रियतामा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको दाबी गरिन्छ ।
साहले कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई फागुन २१ को निर्वाचनमा हराएका थिए ।

