एनभिएलमा काठमाडौँ रेड्सको विजयी सुरुआत, मधेस वारियर्समाथि ३–२ को जित

by समतल अनलाइन
14Shares

काठमाडौं । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले विजयी सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा आज सम्पन्न खेलमा काठमाडौँले मधेस वारियर्सलाई ३–२ सेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो।

मधेसले पहिलो सेट २५–२० ले जित्दै खेलमा १–० को अग्रता बनाएको थियो। तर काठमाडौँले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट २६–२४ र तेस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्‍यो।

चौथो सेटमा मधेसले पुनरागमन गर्दै २५–२२ को जित निकाल्यो र खेललाई निर्णायक पाँचौँ सेटसम्म पुर्‍यायो। रोमाञ्चक पाँचौँ सेटमा काठमाडौँले १६–१४ को जित निकाल्दै खेल आफ्नो पक्षमा पार्‍यो।

यो हारसँगै मधेस वारियर्सको जारी लिगमा लगातार दोस्रो पराजय भएको छ। मधेस आफ्नो पहिलो खेलमा सगरमाथा स्म्यासर्ससँग ३–१ सेटले पराजित भएको थियो।

जारी नेपाल भलिबल लिगमा ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

You may also like