बसपार्क सरसफाइमा जुट्यो लियो क्लब अफ बुटवल गोल्डेन जुब्ली

by समतल अनलाइन
30Shares

बुटवल । लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीले बुटवल बसपार्क क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरेको छ।

सार्वजनिक स्थललाई सफा र व्यवस्थित राख्ने उद्देश्यले क्लबका पदाधिकारी तथा सदस्यहरू सरसफाइ अभियानमा सहभागी भएका हुन्। उनीहरूले बसपार्क परिसरमा रहेका फोहोर संकलन गर्नुका साथै वरपरको क्षेत्र सफा गरेका थिए।

सरसफाइ कार्यक्रममा सहभागी क्लबका सदस्यहरूले सार्वजनिक स्थानको स्वच्छता कायम राख्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्। उनीहरूले अभियानमार्फत सरसफाइप्रति नागरिकमा सचेतना फैलाउने र सामाजिक उत्तरदायित्वप्रति युवाको सक्रियता बढाउने प्रयास गरिएको जनाएका छन्।

लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीले आगामी दिनमा पनि सामाजिक सेवा तथा समुदाय केन्द्रित विभिन्न गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

You may also like