बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

by समतल अनलाइन
31Shares

नुवाकोट।नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार गरिएको छ। सशस्त्र प्रहरीको टोलीले आनन्द श्रेष्ठको घरबाट ती महिलालाई सकुशल बाहिर निकालेको हो।

सशस्त्र प्रहरी बल १९ नं गुल्मबाट बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षक सुमन विकको नेतृत्वमा रहेको टोलीले विदुर नगरपालिका–१० वेत्रवातीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई घरको चौथो तलाबाट उद्धार गरेको हो ।

गुल्मका प्रमुख, सशस्त्र प्रहरी नायव उपरीक्षक वीरेन्द्र राउतका अनुसार बाढीबाट प्रभावित वस्तीका घरमा रहेका सामग्री हटाई सहयोग गर्न पुगेको उद्धार टोलीले घरबाट महिलाको आवाज सुनेपछि त्यसलगत्तै उनको उद्धार गरिएको हो ।

उनी हिलोमा गाडिएको अवस्थामा थिइन्। थप उपचारको लागि श्रेष्ठलाई काठमाडौँ पठाइएको छ ।

You may also like