जन्मदिनको अवसरमा लियो क्लबद्वारा हिरासतमा रहेका थुनुवालाई सहयोग

by समतल अनलाइन
33Shares

बुटवल । लियो क्लब अफ बुटवल गोल्डेन जुबलीले क्लबका लियो लाइन सुशील खरेलको जन्मदिनको अवसर पारेर सामाजिक सेवामूलक कार्यक्रम गरेको छ।

क्लबले इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा रहेका थुनुवाहरूका लागि आवश्यक सामग्री सहयोग गरेको हो। क्लबले हिरासत कक्षमा प्रयोग हुने पंखा तथा पि–फर्म वितरण गरेको जनाएको छ।

जन्मदिनको अवसरमा गरिने खर्चलाई सामाजिक सेवामा लगाउने उद्देश्यसहित सहयोग गरिएको क्लबले जनाएको छ। गर्मीका कारण हिरासतमा रहेका थुनुवाहरूलाई हुने असहजतालाई मध्यनजर गर्दै पंखा उपलब्ध गराइएको हो।

क्लबका पदाधिकारी तथा सदस्यहरूले सामाजिक उत्तरदायित्व बहन गर्दै आवश्यकतामा रहेका व्यक्तिहरूलाई सहयोग गर्नु नै सेवामूलक संस्थाको मुख्य उद्देश्य रहेको बताएका छन्।

लियो क्लब अफ बुटवल गोल्डेन जुबलीले आगामी दिनमा पनि विभिन्न सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

You may also like