भोटेकोशी बाढीपीडितलाई न्यू होराइजनद्वारा ९ लाख १८ हजार सहयोग

by समतल अनलाइन
52Shares

बुटवल । भोटेकोशीमा भाद्र १० गते गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि न्यू होराइजन इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कूल, बुटवल परिवारले ९ लाख १८ हजार ६६० आर्थिक सहयोग गरेको छ ।

कुल सहयोग रकममध्ये विद्यालयको तर्फबाट ५ लाख ५५ हजार ५सय ५५ रुपैयां, विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूबाट २ लाख ५२ हजार रुपैयां र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र प्रसाद कसजूबाट एक लाख ११ हजार एक सय ५ रुपैयां गरी कुल ९ लाख १८ हजार ६ सय ६० रुपैयां मंगलबार प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरिएको हो ।

विद्यालयका प्राचार्य वासुदेव अर्यालले विपद्को समयमा पीडितको दुःखमा साथ दिनु सबैको सामाजिक दायित्व भएको बताउँदै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत न्यू होराइजन परिवारले राहत रकम सहयोग गरेको बताए ।

विद्यालयले बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

You may also like