रसुवा बाढीपीडितलाई फ्रीडम गाईज बुटवलको ३० हजार सहयोग, रक्तदानमा १०४ युनिट रगत संकलन

by समतल अनलाइन
37Shares

बुटवल । रसुवाको उत्तरी भेगमा हिमपहिरोसहित आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै फ्रीडम गाईज बुटवलले राहत तथा मानवीय सेवामा सक्रियता देखाएको छ। संस्थाले बाढी तथा विपद् प्रभावितको राहत र उद्धारका लागि रु. ३० हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ।

त्यसैगरी, स्वर्गीय अपूर्व श्रेष्ठको स्मृतिमा बुटवलमा आयोजित बृहत् रक्तदान कार्यक्रममा १०४ युनिट रगत संकलन गरिएको छ। ‘रक्तदान जीवनदान’ र ‘रक्तदानको लागि सबै अगाडि बढौँ’ भन्ने नारासहित भएको कार्यक्रममा फ्रीडम गाईज बुटवलका युवाहरू तथा स्वयंसेवीहरूको सहभागिता थियो।

आइतबार बुटवल हिलपार्क परिषद् गेटअगाडि आयोजना गरिएको रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र बुटवलले प्राविधिक सहयोग गरेको थियो।

विपद्का बेला राहत सहयोगसँगै रक्तदानमार्फत मानवीय सेवामा योगदान पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ। बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आयोजकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।

You may also like