देवकोटा सहित चार सञ्चारकर्मी सम्मानीत

by समतल अनलाइन

रामग्राम । यौनिक तथा अल्पसंख्यक समुदायको क्षेत्रमा कलम चलाएको भन्दै रुपन्देहीका र नवलपरासीका चार जना सञ्चारकर्मीलाई सम्मान गरिएको छ । यौनिक तथा अल्पसंख्यक दिवसको अवसर पारेर तिलोत्तमा दैनिका बरिष्ट संवाददाता झविन्द्र देवकोटा, राष्ट्रिय समाचार समिति नवलपरासी प्रतिनिधी मोहन पौडेल, स्तम्भकार रीमा बिसि र रेडियो परासिका सुमन गोपाल आचार्यलाई सम्मान गरिएको हो । चारै जना सञ्चारकर्मीलाई रामग्राम नगरपालिकाका मेयर नगेन्द्र कुमार गुप्ता, सशक्तिकरण नेपाल पश्चिमनवलपरासीका अध्यक्ष आनिक राना मगरले दोसल्ला तथा प्रमाणपत्रले सम्मान गर्नु भएको हो ।

सम्मानीत संचारकर्मीहरुलाई बधाई तथा शुभकामना दिदै नगरप्रमुख गुप्ताले स्थानीय सरकारले उपलब्ध गराउने सेवा तथा रोगजारीका अवस्थामा कुनैपनि कसर बाँकी नराख्ने विश्वास दिनुभयो । उहाँले नगरपालिकाले कुनै पनि सेवा सुविधाका सवालमा समलिङ्गि तथा तेस्रोलिङ्गिलाई उपेक्षा नगर्ने आश्वासन दिनुभयो । सशक्तिकरणका सदस्य दीया सारुको स्वागतमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपरासीका राजकुमार रेश्मी, नागरिक समाजका शम्भु उपाध्याय लगायतले बधाई तथा शुभकामना दिनु भएको थियो । विक्रसम्वत २०६४ पुस ६ गते सर्वोच्च अदालतले अन्यको महलमा समलिङ्गि तथा तेस्रोलिङ्गिका लागि नागरिकता लिन पाउने आदेश सरकारलाई गरेको दिनको सम्झनामा यो दिवस मनाउदै आर्ईएको सशक्तिकरणका परियोजना संयोजक पुष्पा लामाले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like