स्थापना दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता

by समतल अनलाइन

बुटवल । आफ्नो सातौं स्थापना दिवसको अवसरमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

स्वास्थ्य क्षेत्रमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको भुमिका विषयमा गरिएको वक्तृत्वकला प्रतियोगितामा न्यू होराईजन माविकी रञ्जना भण्डारी प्रथम भएकी छन् । त्यसैगरि कालिका मानवज्ञान माविकी एलिसा बेल्बासे द्धितिय तथा मणिमुकुन्द माविकी सेजल भण्डारी तृतिय भएका छन् ।

अहिलेको स्वास्थ्य क्षेत्रको अवस्था तथा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले स्वास्थ्य क्षेत्रमा पु¥याएको भुमिकाको बारेमा प्रतियोगिले पांच मिनेट अवधीमा प्रस्तुत गरेको विषयवस्तुलाई आधार मानि निर्णायक समुहले उत्कृष्ट छनोट गरेको थियो ।

प्रतियोगितामा प्रथम हुने रन्जना भण्डारीले १५ हजार, द्धितिय हुने एलिसा बेल्बासेले १० हजार तथा तृतिय हुने सेजल भण्डारीले ७ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रँप्त गरेका छन् । उक्त पुरस्कार अस्पतालको सातौं स्थापना दिवस कार्यक्रममा यहि पुस १० गते वितरण गरिने अस्पतालले जनाएको छ ।

अस्पतालका अध्यक्ष एजाज आलमले वक्तृत्वकला प्रतियोगिताको माध्यमबाट भएपनि विद्यालय तथा विद्यार्थीहरुको विचमा मुटु रोगसंगै अस्पतालको बारेमा केहि जानकारी मिलोस् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

अस्पतालका सचिव दिनेश राज रेग्मीको संचालन तथा सदस्य रेनुका खरेलको संयोजनमा सम्पन्न भएको कार्यक्रममा अस्पतालका निर्देशक डा। समिर गौतम, रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष राजेन्द्र कार्की र निर्णायक मिनाक्षी न्यौपानेले भनाई राखेका थिए ।

 
 
  
 

You may also like