आफ्नो रेकर्ड तोडेपछि क्रिस गेलले सुर्यबंशीलाई भने- नयाँ सिक्स मेसिन !

by समतल अनलाइन
45Shares

काठमाडौँ । वेस्ट इन्डिजका महान् ब्याट्सम्यान क्रिस गेलले भारतीय युवा खेलाडी वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङको खुलेर प्रशंसा गरेका छन् । उनले सनराइजर्स हैदराबादविरुद्धको खेलपछि सूर्यवंशीलाई ‘नयाँ सिक्स मेसिन’ को संज्ञा दिएका हुन् ।

क्रिस गेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्- ‘वैभव शानदार खेलाडी हुन् । यो युवा खेलाडीले उत्कृष्ट मनोरञ्जन दिए । नयाँ सिक्स मेसिन ।’

वैभव सूर्यवंशीले जारी आइपिएलमा क्रिस गेलको महत्वपूर्ण कीर्तिमान तोडेका छन् । उनले यस सिजन अहिलेसम्म ६५ छक्का प्रहार गरिसकेका छन् । यससँगै उनले आइपिएलको एक सिजनमा सर्बाधिक छक्काको यसअघि गेलको नाममा रहेको रेकर्ड तोडेका हुन् । गेलले २०१२ को आइपिएलमा ५९ छक्का प्रहार गरेर यो रेकर्ड बनाएका थिए ।

त्यस्तै, आइपिएलको एक इनिङमा १० वा सोभन्दा बढी छक्का प्रहार गर्ने कीर्तिमानमा पनि सूर्यवंशीले गेलको बराबरी गरेका छन् । अब दुवैले चार–चार पटक एकै इनिङमा १० भन्दा बढी छक्का प्रहार गरेका छन् ।

यस सिजनमा सुर्यबंशीले १५ खेलमा ६८० रन बनाएर सर्बाधिक रन बनाउने सुचिमा शिर्ष स्थानमा छन् ।

You may also like