44
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्व–पश्चिम राजमार्गमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार नारायणगढबाट कावासोतीतर्फ आउँदै गरेको बा.प्र.०२–०१६ प ९६१८ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको लु.प्र.०१–०११ प ९९९१ नम्बरको मोटरसाइकल ठोक्किँदा दिनेश गिरी गम्भीर घाइते भएका थिए। टाउकोमा चोट लागेका उनलाई उपचारका लागि देवचुली नगर अस्पताल दुम्कौली लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनामा रोहन पन्थी, अमृत आचार्य र डम्बरबहादुर माझी घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ


