लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट घटाएर ८ बनाइने

by समतल अनलाइन
40Shares

बुटवल। लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ। शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी हाल रहेका १२ मन्त्रालयलाई घटाएर ८ मा सीमित गर्ने निर्णय गरेको हो।

चेतनारायण आचार्य मुख्यमन्त्री बनेपछि मन्त्रालय संख्या १० बाट बढाएर १२ पुर्‍याइएको थियो। अहिले भने उनकै नेतृत्वमा मन्त्रालय संख्या घटाएर ८ बनाउने निर्णय गरिएको छ।

लुम्बिनी प्रदेशमा सुरुआतमा ६ मन्त्रालय मात्रै रहेका थिए। पछि विभिन्न चरणमा मन्त्रालय संख्या बढ्दै ११ हुँदै १७ सम्म पुगेको थियो।

प्रदेश मन्त्रिपरिषद्ले मन्त्रालय पुनःसंरचना गर्न प्रमुख सचिव कृष्णप्रसाद काप्रीको अध्यक्षतामा कार्यदल गठन गरेको छ। उक्त कार्यदलको सुझावका आधारमा मन्त्रालयहरूको नाम र कार्यविभाजन टुंगो लगाइने बताइएको छ।

You may also like