गोठमै चट्याङ खस्दा प्युठानमा बाबुछोराको ज्यान गयो, दुई घाइते

by समतल अनलाइन
111Shares

बुटवल । प्युठानमा चट्याङ लागेर बाबुछोराको मृत्यु भएको छ ।  जिल्लाको गौमुखी गाउँपालिका–६ लिवाङका ७० वर्षीय केदार बोहोरा र उनका २६ वर्षीय छोरा रामु बोहरा गोठमा काम गरिरहेका बेला चटयाङ लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, डीएसपी नरहरि अधिकारीले दुई जनाको मृत्यु र दुई जान घाइते भएको जानकारी दिए ।  

घाइते हुनेमा सोही ठाउँका ५८ वर्षकी बोमी बोहोरा र गौमुखी–की २४ वर्षीया सृजना न्यौपाने छन । घाइते दुवै जनाको जिल्ला अस्पताल बिजुवारमा उपचाररत भइरहेको छ ।

You may also like