इक्यान रुपन्देहीको दुई दिने प्रशिक्षण सम्पन्न:विदेश अध्ययनका लागि जीवन सीप र परामर्शमा जोड

by समतल अनलाइन
71Shares

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको आयोजनामा संघमा आवद्ध शैक्षिक परामर्श व्यवसायीलाई लक्षित गर्दै दुई दिने अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार न्यूजिल्याण्डमा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी पठाउने शैक्षिक परामर्श व्यवसायीका लागि आयोजित कार्यक्रममा प्रशिक्षक सुसान्त घिमिरेले अध्ययनका लागि आवश्यक कागजात तयारी, आवेदन प्रक्रिया तथा प्रभावकारी परामर्श दिने तरिकाबारे व्यवहारिक जानकारी दिएका थिए ।

यस्तै, जे सर्ट बुटवलको प्रवर्द्धन तथा इक्यान रुपन्देहीको आयोजनामा शनिबार जापानमा अध्ययनका लागि जाने विद्यार्थी लक्षित जीवन सीप तथा लैङ्गिक हिंसासम्बन्धी विशेष अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा ग्लोबल स्टडीज संकाय सोफिया विश्वविद्यालय जापान टोकियोकी पीएचडी प्रोफेसर डां मासाको तानाकाले प्रशिक्षण दिँदै विदेश जाने युवाका लागि जीवन सीप, सांस्कृतिक अनुकूलन र सुरक्षासम्बन्धी सचेतना अत्यन्त आवश्यक रहेको बताइन् ।

कार्यक्रममा इक्यान रुपन्देहीका अध्यक्ष गोविन्द बस्नेतले शैक्षिक परामर्श व्यवसायीहरूले अझ जिम्मेवार र दक्ष बन्नुपर्ने आवश्यकता औंल्याउँदै विशेषगरी जापान जाने विद्यार्थीले विभिन्न चुनौती सामना गर्ने भएकाले सही मार्गदर्शन अपरिहार्य रहेको बताए ।

विदेश जाने युवा आप्रवासीहरूका लागि जीवन सीप अभिमुखिकरणको महत्त्वमा केन्द्रित उक्त कार्यक्रमले विद्यार्थीलाई सुरक्षित, व्यवस्थित र सफल अध्ययन यात्राका लागि आवश्यक ज्ञान प्रदान गरेको आयोजकले जनाएको छ ।

कार्यक्रममा इक्यान रुपन्देहीका उपाध्यक्ष दीपेश अर्यालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सचिव उपेन्द्र यादवले कार्यक्रम सञ्चालन गरेका थिए । साथै सल्लाहकार सल्लाहकार निशान बाबु कार्की, कोषाध्यक्ष राम खरेल, जे सर्ट बुटवलका प्रमुख ओम प्रकाश श्रेष्ठ र राजेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

You may also like