45
उद्योग वाणिज्य महासंघको साधारण सभाको उद्घाटन २१ गते र निर्वाचन कार्यक्रम बैशाख २२ गतेदेखि
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले स्थगित भएको ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचनको नयाँ मिति सार्वजनिक गरेको छ ।
महासंघका अनुसार यसअघि २०८२ चैत २९ र ३० गतेका लागि तय गरिएको कार्यक्रम स्थगित भएपछि अब उद्घाटन समारोह वैशाख २१ गते हुनेछ । उद्घाटन समारोह ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा आयोजना गरिने जनाएको छ ।
यस्तै निर्वाचन कार्यक्रम वैशाख २२ गते काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सञ्चालन हुने महासंघले जनाएको छ ।



