आयल निगमले फेरि बढायो इन्धनको मूल्य

by समतल अनलाइन
44Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागु हुने गरि डिजेल मट्टितेलमा प्रति लिटर ३० रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो । मुल्य वृद्धिपछि काठमाडौँ उपत्यकामा डिजल- मट्टीतेल प्रतिलिटर २३७ पर्ने भएको छ ।

निगमले मुल्य समायोजन पछि पनि डिजलमा प्रति लिटर ९९.१६ रुपैयाँ घाटा रहेको जनाएको छ । त्यस्तै हवाई इन्धन आन्तरिक तर्फ प्रति लिटर ५ रुपियाँले बढेको छ । निगमले यो समायोजन पछि निगमलाई पाक्षिक रुपमा ५ अर्ब ७५ करोड घाटा रहेको बताएको छ । निगमले पेट्रोल र एलपी ग्याँसको मुल्य भने यथावत राखेको छ ।

You may also like