सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

by समतल अनलाइन
36Shares

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज बढेको छ ।

आज सुनको मूल्य तोलाको ४८ सयले बढेर तोलाको दुई लाख ४७ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन प्रतितोला दुई लाख ४२ हजार ६ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ३११० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँदी ३०६५ रुपैयाँमा कारोबार भएको थियो ।

You may also like