महानिरीक्षक केसी अनुपस्थित भएपछि दानबहादुर कार्कीको रिटमा हुन सकेन सुनुवाई

by समतल अनलाइन
22Shares

काठमाडौँ । प्रहरी महानिरीक्षक डा. मनोज केसीले म्याद नबुझेका कारण दानबहादुर कार्कीले दिएको रिटमा अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा सर्वोच्च अदालतमा आज बहस हुन सकेन ।

अन्तरिम आदेशबारेको निर्णयका लागि हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा दुबै पक्षबाट बहस हुने तय भएको थियो ।
छलफलका लागि प्रहरी महानिरीक्षक केसी उपस्थित नभएपछि आजको सुनुवाइ रोकिएको हो ।
केसी उपस्थित नभएपछि इजलासले केसीलाई म्याद बुझाएर मङ्सिर ९ गते पेशी तोक्न आदेश दिएको छ ।

You may also like