प्रधानमन्त्री कार्यालयद्वारा मन्त्रालयका गाडीको विवरण पठाउन निर्देशन

by समतल अनलाइन
51Shares

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयमा सञ्चालमा रहेका सवारीसाधनहरूको विवरण पठाउन पत्रमार्फत निर्देशन दिएको छ ।

सचिवस्तरीय निर्णय अनुसार सबै मन्त्रालयमा मन्त्रालय र अन्तर्गत विभाग-कार्यालयमा प्रयोगमा रहेको र मर्मत कार्य भइरहेका दुई पांग्रे र चार पांग्रे सवारी साधनहरूको विवरण आजसम्म पठाउन निर्देशन दिएको हो ।

विवरणमा ब्राण्ड र मोडेल, सवारी साधन नम्बर, गियर सिस्टम, डिजेल-पेट्रोल-विद्युतीय के हो खुलाउन पनि भनिएको छ । प्रयोगकर्ताको नाम, प्रयोगकर्ताको पद, सवारी साधनको अवस्थासमेत खुलाउन निर्देशन दिइएको छ ।

You may also like