दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्वाटरफाईनलमा प्रवेश

by समतल अनलाइन
59Shares

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२ मा सम्पूर्ण युवा क्लब विजयी हुदै क्वाटरफाईनलमा प्रवेश गरेको छ । निक्कै रोमान्चक खेलमा सम्पूर्णले पेनाल्टी शुटआउटमा ३–० गोल फोर ब्रदर्श एफसीलाई पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

रुपन्देहीमा नै सर्वाधिक राशिफलको क्लबद्धारा संचालन गरिएको गोल्डकप भएको आयोजकको दाबी छ । सिद्धेश्वर खेलमैदानमा भएको खेलको निर्धारित समय गोलरहित बराबारी भएपनि खेल पेनाल्टी शुटआउटमा धकेलिएको थियो । पेनाल्टी शुटआउटमा सम्पूर्ण एफसीका बिशाल तामा, सुमित मल्ल र मनिष चौधरीले गोल गरे ।

यता फोर ब्रर्दशका रंजित चौधरी र सलिल ढकालको प्रहार बाहिरिएको थियो भने आशिष थापाको प्रहार सम्पुर्णका गोलकिपर बिशाल सुनारले रोकिदिए । उनि खेलमा प्लयेर अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगिताको प्लेयर अफ दी म्याच सम्पुर्ण एफसीका गोलकिपर बिशाल सुनारलाई नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष दिनेश पाण्डेले पुरस्कार वितरण गरेका छन ।

शनिबार फर्साटिकर एफसी र मोनष्टर गाईज सुनवलका बिचमा खेल हुने क्लबका अध्यक्ष सुजु मल्लले बताए । मैदानलाई आर्कषक सजावटसंगै मैदानको पश्चिम, पूर्व र दक्षिणतर्फ करीब २ हजार क्षमताको अस्थाई प्याराफिट समेत निमार्ण गरिएको छ । प्रतियोगितामा प्रथम हुने टोलीले ५ लाख ५ हजार रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा कोचलाई नगद पुरस्कारको व्यवस्था गरिएको क्लबका सचिव प्रकाश क्षेत्रीले बताए । प्रतियोगितामा रुपन्देहीसहित चितवन, नवलपरासी, कपिलबस्तुका गरि १२ क्लबहरुले भाग लिएका छन । गतवर्ष झरना स्पोर्टिङ क्लब विजेता रहेको थियो ।

You may also like