काठमाडौं । नेपाल प्रहरी ले सूचना प्रविधि, सञ्चार र इन्जिनियरिङ क्षेत्रका विभिन्न प्राविधिक पदमा कुल ४५५ जना कर्मचारीका लागि भर्ना खुलाएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै खुला तथा समावेशी कोटामा आवेदन आह्वान गरेको हो।
सूचना अनुसार सूचना तथा प्रविधि निर्देशनालय तर्फ ३३ जनाको माग गरिएको छ। यस अन्तर्गत प्राविधिक प्रहरी निरीक्षक ४, नायव निरीक्षक ७, सहायक निरीक्षक ७ र जवान १५ जना आवश्यक पर्नेछन्।
त्यसैगरी सञ्चार निर्देशनालय मा सबैभन्दा धेरै ३४६ जनाको माग गरिएको छ। जसमा निरीक्षक ६, नायव निरीक्षक ५, सहायक निरीक्षक ५५ र जवान २८० जना रहनेछन्।
यस्तै, भौतिक पूर्वाधार निर्देशनालय अन्तर्गत इन्जिनियरिङतर्फ ३३ जना र सवारी महाशाखा अन्तर्गत ४३ जनाको माग गरिएको छ। पूर्वाधारतर्फ विभिन्न इन्जिनियरिङ पदमा निरीक्षक र नायव निरीक्षक तहमा भर्ना खुलाइएको छ भने सवारीतर्फ अटोमोबाइल इन्जिनियर, सहायक निरीक्षक र जवान पदमा दरखास्त आह्वान गरिएको छ।
योग्यता
निरीक्षक: सम्बन्धित विषयमा स्नातक तथा काउन्सिल दर्ता
नायव निरीक्षक: सम्बन्धित विषयमा डिप्लोमा
सहायक निरीक्षक: प्रमाणपत्र तह वा तालिम
जवान: एसईई/एसएलसी वा सो सरह + आधारभूत तालिम
उमेर हद
जवान: १८–२३ वर्ष
सहायक निरीक्षक: १८–२८ वर्ष
नायव निरीक्षक: १८–३० वर्ष
निरीक्षक: २०–३२ वर्ष
योग्य तथा इच्छुक नेपाली नागरिकले सम्बन्धित शैक्षिक योग्यता पूरा गरी आवेदन दिन सक्नेछन्। विस्तृत विवरण आधिकारिक सूचनामा उल्लेख गरिएको छ।





