त्रिभुवन विमानस्थल पुगेर गृहमन्त्रीको कडा निर्देशन: “सर्वसाधारणलाई सास्ती नहोस्”

by समतल अनलाइन
52Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन । पटक–पटक सर्वसाधारणबाट गुनासो आएपछि उहाँ साँझको समयमा आफ्नो टोलीसहित विमानस्थल पुगेका हुन ।

सर्वसाधारणले विमानस्थलमा बारम्बार सास्ती खेप्नुपरेको र त्यसको समाधान गर्नुपर्ने माग उठेपछि गृहमन्त्री गुरुङ स्थलगत अनुगमनमा निस्किएको बताइएको छ । अनुगमनका क्रममा उनले सेवाग्राहीलाई कुनै पनि प्रकारको सास्ती नपर्ने गरी काम गर्न सम्बन्धित कर्मचारीलाई स्पष्ट निर्देशन दिएका छन ।

विदेशबाट दुःख गरेर स्वदेश फर्किएका नागरिकले विमानस्थलमै दुःख पाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले त्यस्तो गुनासो दोहोरिन नदिन सचेत गराएका छन । साथै, सामान्य लत्ताकपडा तथा व्यक्तिगत प्रयोगका सामानमा अनावश्यक जाँच गरी सेवाग्राहीलाई दुःख नदिन पनि उहाँले निर्देशन दिनुभएको छ।
गृहमन्त्री गुरुङको यस कदमलाई विमानस्थल सेवामा सुधार ल्याउने सकारात्मक प्रयासका रूपमा हेरिएको छ।

You may also like