प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया सुरु, चैत २२ मा निर्वाचन

by समतल अनलाइन
90Shares

काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयनको कार्यसूची तय गरिएको छ ।

बुधबार संघीय संसद् सचिवालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचनको कार्यसूची तय गरको हो ।

रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार सभामुखको मनोनयन दर्ता चैत २० गते र निर्वाचन २२ गते गर्ने सहमति भएको छ ।

यस्तै, बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा शुभकामना दिने, सभामुखको निर्वाचनको तालिका प्रस्तुत गर्ने तय भएको छ ।

रास्वपाले उपसभापति डिपी अर्याललाई सभामुख बनाउने तयारी गरेको छ । उपसभामुखको निर्वाचन भने सभामुखको चयन पछि मात्र हुने छ । संबैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्था रहेको छ ।

सभामुखको चयन नहुदासम्म बैठकको अध्यक्षता जेष्ठ सदस्य अर्जुननरसिंह केसीले गर्ने भएका छन् ।

You may also like