बुटवल। नेपाल पत्रकार महासंघको ७१ औ स्थापना दिवसको अवसरमा रुपन्देही शाखाले फुटसल प्रतियोगिता आयोजना गरेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा दोस्रो एफएनजे मिडिया कप तथा कर्पोरेट कप फुटसल प्रतियोगिता २०८२ गरिएको हो । कर्पोरेट कपको फाईनलमा एनआईईएफ र नेपाल ईन्जिनियर्स एशोसियसन प्रवेश गरेका छन ।
सोमबार कर्पोरेट कप तर्फ भएको पहिलो सेमीफाईनलमा एनआईईएफले चार्टर एकाउन्टेन्ट एशोसियसनलाई ८–२ तथा दोस्रो सेमीफाईनलमा नेपाल ईन्जिनियर्स एशोसियसनले नेपाल शैक्षिक परामर्श संघ -इक्यान) रुपन्देहीलाई ७–० गोल अन्तरले पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका हुन ।
एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेवि अर्यालले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको शुभारम्भ गर्दै खेलबाट भातृत्वको विकास हुने गरि महत्वपूर्ण प्रतियोगिता आयोजना भएको बताईन । खेल मानव स्वस्थ्य र भातृत्व विकासमा सहयोग सिद्ध हुने उनको दाबी छ ।
कार्यक्रममा महासंघका अध्यक्ष दिनेश पाण्डेले खेलमार्फत भातृत्व विकासको उदेश्यसहित रुपन्देही जिल्लामा रहेको संघसंस्थाहरु बिचमा प्रतियोगिता आयोजना गरिएको बताए । विगतबाट भएको राम्रा अभ्यासलाई निरन्तरता स्वरुप कार्यक्रम गरिएको उनको दाबी छ ।
प्रतियोगिता अन्तरगत कर्पोरेटतर्फ रुपन्देही जिल्लाका दुई दर्जन संघसंस्थाहरुले भाग लिएका छन । भने मिडिया कपमा आधा दर्जन टिमहरुले प्रतिस्प्रर्धा गरेका छन । कर्पोरेट कपको विजेता टिमले नगद ३० हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद २० हजार रुपैयाबाट पुरस्कृत गरिने खेल संयोजक सुमन श्रेष्ठले बताए । यसैगरि मिडिया कपको विजेता टिमले नगद २० हजार तथा उपविजेता टिमले नगद १० हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गर्ने उनले बताए ।
प्रतियोगिता अन्तरगत मिडिया कपका खेलहरु मंगलबार बिहानबाट शुरु हुने महासंघका सचिव सिपि खनालले बताए ।




