डाउनटाउनको महिला सशक्तिकरण कार्यक्रम

by समतल अनलाइन

विष्णु घिमिरे
बुटवल । रुपन्देहीको सैनामैनामा रोटरी क्लब अफ बुटवल डाउनटाउनले महिला सशक्तिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

महिलाहरुको क्षमता विकाससँगै जीवन उपयोगी शिक्षाको विकासका निम्ति केही मात्रमा सहयोग होस् भन्ने उद्देश्यले यो कार्यक्रम राखिएको रोटरी क्लब बुटबल डाउनटाउनका अध्यक्ष तुल्सी घिमिरेले जानकारी दिएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरी डिष्ट्रिकका एजी इन्द्र रिसालले रोटरी डाउनटाउनले महिलाहरुको क्षमता विकासको निम्ति गरेका कार्यक्रम महत्वपूर्ण भएको बताए । उनले सामाजिक संघसंस्थाले संचालन गर्ने यसखालका कार्यक्रमले स्थानीयको व्यक्तित्व विकासमा योगदान पुग्ने बताएका थिए । रिसालले आगामी दिनमा यसप्रकारका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए । कार्यक्रममा अधिवक्ता हेमा न्यौपाने र सिमा बन ले सहजीकरण गरेका थिए । सो अभियानममा स्थानीय सय जना महिलाहरुको सहभागिता रहेको कार्यक्रम संयोजक कमला हमालले बताइन् । क्लब अध्यक्ष तुल्सी घिमिरेको अध्यक्षयता उपाध्यक्ष शिव ज्ञवालीको संचालनमा भएको कार्यक्रममा आरसीसी अध्यक्ष मनकुमारी राई, पूर्वअध्यक्ष पिताम्बर ज्ञवाली, निर्वाचित अध्यक्ष जबिन कक्षपतिलगायतले बोलेका थिए ।

रोटरी क्लब अफ बुटवल डाउनटाउनले सो क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रम संचालनको योजना बनाएको अध्यक्ष घिमिरेले बताए ।

 
 
  
 

You may also like