अब युवाहरुलाई स्वदेशमै रोजगारीको ग्यारेन्टि गर्नुपर्छः उम्मेद्वार खत्री

by समतल अनलाइन
19Shares

बुटवल। रुपन्देही क्षेत्रनम्बर–१ मा नेपाली कांग्रेसको तर्फदेखि उम्मेदवार बनेका हिराबहादुर खत्रीले वर्तमान अवस्थामा युवालाई रोजगारीको ग्यारेन्टिनै गर्नु रहेको बताउनु भएको छ । उहाँले स्वदेशमा रोजगारीको ग्यारेन्टि नहुँदा विदेशी मुलुकमा ठुलो युवाशक्तिले पसिना बगाउन बाध्य भएकाले अव स्वदेशमै रोजगारीको ब्यवस्था गर्नु आवश्यक रहेको बताउनुभयो ।

रुपन्देही क्षेत्रनम्बर एकका देवदह र तिलोत्तमाका विभिन्न वडाहरुमा आइतबार घरदैलो तथा मतदातासँग सुझाव संकलन गर्ने क्रममा उहाँले इरान, इराक, खाडी मुलुकमा भएको पछिल्लो घटनाक्रमले धेरै नेपाली युवा बेरोजगारको चपेटामा पर्न सक्ने भन्दै अब मुलुकमै युवालाई रोजगारीको ग्यारेन्टि गर्ने सरकार चाहिएको बताउनुभयो । युवालाई रोजगारीको ब्यवस्था गर्ने र नवयुवाको चाहना पुरा गर्ने योजना कांग्रेससँग मात्र भएकाले अव युवाको ढुकढुकीका रुपमा कांग्रेसले काम गर्ने र सबैको साथी बन्ने बताउनुभयो ।

उहाँले गएको भदौमा भएको जेनजी (नवयुवा) आन्दोलनलाई सम्झदै फेरी पनि युवाको रगत बगाउने अवस्थाको अन्त्य गर्नकालागि नवयुवाका चाहना र सुशासनमैत्री सरकार, रोजगारीमैत्री नीति मुलुकमा चाहिएको बताउनुभयो । उहाँले युवाहरुका धेरै समस्या भएको उल्लेख गर्दै मुलुकको सर्वसुलभ शिक्षा, स्वास्थ्य हुनु पर्ने धारणा राख्दै अव बन्ने सरकारले त्यो विषयलाई गम्भिरतापुर्वक लिने समेत बताउनुभयो ।

उहाँले कांग्रेस अहिले बदलिएर आएको बताउँलै बदलिएको कांग्रेसले आम नागरिकका चाहना र भावनालाई पनि सम्बोधन गर्दै मुलुकलाई विकासको दिशामा लाने बताउनुभयो । तिलोत्तमामा भएको घरदैलो कार्यक्रममा सहभागि हुनु भएका जिल्ला सभापति रामकृष्ण खाणँले मुलुकलाई सहि दिशामा डो¥याउने कांग्रेसमात्र भएकाले मुलुकको विकास र युवाका चाहनलाई पुरा गर्न कांग्रेसले मात्र सक्ने भएकाले कांग्रेसलाई मतदान गरेर बहुमतको सरकार बनाउन आग्रह गर्नुभयो । आइतबार दिउसो तिलोत्तमाका विभिन्न वडाहरुमा भएको घरदैलो कार्यक्रममा कांग्रेसका जिल्ला सहसचिव बासुदेव रिमाल, क्षेत्रीय सचिव विजय गुरुङलगायतका नेताहरुको सहभागिता रहेको प्रचार प्रसार सदस्य राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

You may also like