होलीको अवसरमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको होली मिलन कार्यक्रम

by समतल अनलाइन
45Shares

बुटवल ।रंगहरुको पर्व होलीको अवसरमा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । आईतबार संघ सचिवालयमा भएको कार्यक्रममा ब्यवसायीहरु एक आपसमा शुभकामना तथा होली खेलेर पर्व मनाएका हुन ।

कार्यक्रममा संघका प्रमुख सल्लाहकार माधव प्रसाद नेपालले होलीको महत्वबारे प्रकाश पार्दै पौराणिक ग्रन्थ, सास्कृतिक रुपमा होली मनाउदै आएको बताए । सबै युगमा होलीको बारेमा प्रकाश आउने भन्दै सबै प्रशंगले असत्यमाथि सत्यको जितको सन्देश दिने बताए । छिमेकी देश भारतमा बोली बाराबार गर्नेहरु पनि यो दिन होलीसंगै मनाएर एकता गर्ने दिनको रुपमा चिनिने उनले बताए । पहाडी क्षेत्रमा विभिन्न बाजासहित फागु गीत गाउदै मनाउने प्रचलन रहेको उनले सुनाए ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष लेखनाथ भण्डारीले ब्यवसायीहरुबिचमा एकता भाव ल्याउन पर्वहरुको महत्व रहने भन्दै सप्तरंगी रंगको पर्व होलीबाट सबैको दुरी हटाउने बताए । बुटवललाई पर्यटन भुलाउने थलोका रुपमा विकास गर्न पूर्वाधार विकासमा जोड दिन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा संघका सल्लाहकार समुन्द्र जिसीले कला, संस्कृतिमा धनि नेपालीहरु यसलाई पर्यटनसंग जोडेर लग्न जरुरी रहेको बताए । संस्थाको हकहितमा सबै पदाधिकारीहरु लाग्नुपर्ने बताउदै ब्यक्ति गौण हुने उनले बताए ।

कार्यक्रममा संघका अध्यक्ष माधव कुमार खनालले संस्थाबाट विगतमा फागु पर्व मनाउने शुरुवातको स्मरण गर्दै यसको निरन्तरता स्वरुप होली मनाउदै आएको बताए । निर्वाचनको समयका कारण यो वर्ष प्रतिनिधिमुलक रुपमा कार्यक्रम गरिएको उनले बताए ।

यसैबिच संघका वरिष्ठ उपाध्यक्ष अर्जुन थापा, महासचिव केशव कंडेल, कार्यक्रम संयोजक युवराज पराजुलीले छोटो तयारी बिच कार्यक्रम गरिएको बताउदै समाजलाई एकतावद्ध गर्ने र भाईचारा बढाउने पर्व भएको बताए ।

You may also like