अशक्त, असहाय र अपांगता भएकाहरुको पक्षमा बोल्छुः उम्मेदवार खत्री

by समतल अनलाइन
74Shares

बुटवल। रुपन्देही क्षेत्रनम्बर–१ मा कांग्रेसको तर्फदेखि उम्मेद्वार बन्नु भएका हिराबहादुर खत्रीले अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार स्थापित गराउन आफुले योजनावद्ध तरिकाले काम गर्ने बताउनुभएको छ ।

मुलुकमा ठुलो संख्यामा रहेका अपांगता भएका ब्यक्तिहरुको अधिकारलाई सहि तरिकाले सम्बोधन गर्न नसक्दा उनीहरुमा निराशा मात्र बढेकाले अपांगताभएकाहरुको अधिकारकालागि आफुले योजनावद्ध तरिकाले काम गर्ने बताउनुभयो । रुपन्देही क्षेत्रनम्बर–१ को देवदह नगरपालिकाको वडानम्बर–५ र ६ नम्बरका विभिन्न स्थानमा घरदैलो तथा सुझाव संकलनका क्रममा उहाँले अपांगता भएकाहरुका विषयमा ठुला कुरा गरेतापनि उनीहरुको सहजताकालागि अपाङगमैत्री संरचना नहुँदा उनीहरुले धेरैनै सास्ती खेप्नु परेको गुनासो गर्नुभयो ।

उहाँले मुलुकका सबैतह र स्थानमा अपाङता भएकाहरुको पनि समान हक, अधिकार हुने उल्लेख गर्दै उनीहरुको समावेशिता र अधिकारकालागि सदनमा बहसको विषय बनाउने समेत बोल्नुभयो । मुलुकमा बनेका सडक, बाटोघाटो, स्कुल, अस्पताल, शौचालय, सरकारी तथा निजी सामाजिक कार्यालयहरुका अपांगमैत्री हुन नसक्दा सेवा लिन पुगेको असक्त, असहाय र अपांगता भएकाहरुले धेरैनै दुःख पाउने गरेको गुनासो गर्दै उहाँले अपांगमैत्री संरचना र वातावरण निर्माणको विषयलाई प्राथमिकताका साथ उठाउने बताउनुभयो । उहाँले आफ्नो क्षेत्रमा अपाङ्गता भएका, अशक्त, असहाय सबैकालागि समान सहभागिताको अधिकार स्थापित गराउन नीतिगत रुपमै काम गर्ने बताउनुभयो ।

देवदह नगरपालिकाका विभिन्न क्षेत्रमा भएका घरदैलो कार्यक्रममा कांग्रेसका जिल्ला सचिव हरिप्रसाद काफ्ले, सहसचिव बासुदेव रिमाल, नगरसभापति गुनाखर भुर्तेल, पुर्वक्षेत्रीय सभापति विश्वनाथ यादव, क्षेत्रीय सचिव विजय गुरुङ, महासमिति सदस्य सरिता चौधरीलगायतको सहभागिता रहेको र उहाँहरुले बदलिएको कांग्रेसले देश पनि बदल्ने बताउँदै यो पटक बदलिएको कांग्रेसलाई मतदान गर्न आग्रह गर्नु भएको प्रचारप्रसार समिति सदस्य राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

You may also like