नेकपाका केन्द्रीय सदस्य विनोद पहाडी एमालेमा प्रवेश

by समतल अनलाइन
61Shares

बुटवल । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडी नेकपा एमाले प्रवेश गरेका छन् । उनलाई एमाले उपाध्यक्ष विष्णु पौडेल सचिव छविलाल बिश्ककर्मा, नेता लिला गिरीले पार्टीमा स्वागत गरेका छन् । उनी राष्ट्रिय दलित पत्रकार महासंघका अध्यक्ष हुन् ।

एमाले प्रवेश गर्दै पहाडीले राष्ट्रिय स्वाभिमानमा एमालेको दृढतालाई आधार मानेर रोजेको बताए । उनले एमालेमाथि भएको घेराबन्दी र आक्रमण लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण भएको बताए । पहाडीले कुनै लोभमा र लहडमा नभएर विचारका आधारमा एमाले रोजेको जनाए । उनीसँगै नेकपा रूपन्देही सदस्य सरोज गौतम, नगर सदस्य जनक गौतम एमाले प्रवेश गरेका हुन् ।

You may also like