साई ग्लोबल कपः लीलाराम र होराइजनलाई सफलता

by समतल अनलाइन
53Shares

भैरहवा ।भैरहवामा जारी ११औं संस्करणको जिल्लास्तरीय अन्तर कलेज साई ग्लोबल टी–२० क्रिकेट प्रतियोगितामा रुपन्देही लीलाराम र न्यु होराइजन विजयी भएका छन् । बुधबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएका दुई खेलमा लीलारामले साई ग्लोबल कलेज ‘बी’लाई २८ रन र होराइजनले मुनलाइटलाई ६३ रनले पराजित गर्दै जित निकालेका हुन् ।

टस जितेर ब्याटिङ गरेको रुपन्देही लीलारामले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनायो । उसका लागि रमेश कुर्मीले अविजित २३, फैजन मुसलमानले २२, अजय केवटले १६, करण यादवले १२ र हरिकेश मुराउले नटआउट १० रन जोडे । बलिङमा साई ग्लोबल ‘बी’ का विष्णु कटरिया र अमनसिंह घर्तीले समान २–२ तथा विराज यादव र आरभसिंह पौडेलले १–१ विकेट लिए ।

जवाफमा साई ग्लोबल ‘बी’ले १८ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ३ रन बनायो । उसका लागि विकाश यादवले ४५, विष्णु कटरियाले २१ र अभिशेक सुनारले १६ रन बनाए । बलिङमा लीलारामका करण यादवले ४, प्रेमसागर यादवले २ तथा हरिकेष मुराउ, रमेश कुर्मी र कलम मुसलमानले १–१ विकेट लिए । खेलमा करण यादव प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै, अर्को खेलमा टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले ६ विकेटको क्षतिमा २ सय ३ रन बनायो । उसका लागि आरिफ खानले ६२, विप्रसन केसीले २९, संगम पाण्डेले २८, अमर मिश्रले २५ र सिद्धार्थ ढकालले २१ रन जोडे । बलिङमा मुनलाइटका निश्चल ज्ञवाली, निरज मल्ल र दिलसाद अलीलले समान २–२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको मुनलाइटले ८ विकेट गुमाएर १ सय ४० रन बनायो । उसका लागि निश्चल ज्ञवालीले ५९ र दिलसाद अलीले ५८ रन जोडे पनि जितका लागि पर्याप्त भएन । बलिङमा न्यु होराइजनका शुभम खनाल, विप्रसन केसी र शुभम पाण्डेले समान २–२ विकेट लिए । खेलमा आरिफ खान प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

फागुन १४ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका विभिन्न २० वटा कलेजहरुको सहभागिता रहेको खेल संयोजक निरजप्रताप खाँणले बताए । प्रतियोगिताको विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ, उपविजेता टीमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बलरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ पाउने छन् । यस्तै, प्रतियोगिताको अनुशासित टिमलाई पनि सम्मानित गरिने आयोजकले जनाएका छन् ।

You may also like

This will close in 0 seconds