यस्तो छ नेपाली कांग्रेसको प्रतिज्ञा पत्र

by समतल अनलाइन
55Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ। जनकपुरमा आयोजित कार्यक्रमबाट आज कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको हो।

नेपाललाई समुन्नत, सक्षम र सम्मानित राष्ट्र बनाउने दीर्घकालीन दृष्टि प्रस्तुत गरिएको यस घोषणापत्रले लोकतन्त्र, सुशासन र सामाजिक न्यायलाई मूल आधार बनाएको छ।

नागरिकको सम्मानजनक जीवन, रोजगारी र सम्पत्ति सिर्जना, किसान र युवालाई केन्द्रमा राखिएको आर्थिक विकास, सर्वसुलभ शिक्षा र स्वास्थ्य, भ्रष्टाचारमुक्त विधिको शासन तथा डिजिटल सेवा विस्तार प्रमुख प्राथमिकता हुन्।

विविधता, संस्कृति र मौलिकतामा गर्व गर्दै अन्तर्राष्ट्रिय रूपमा सम्मानित र आत्मनिर्भर नेपाल निर्माण गर्ने लक्ष्य घोषणापत्रले अघि सारेको छ। कांग्रेसले प्रतिज्ञापत्रमा १० भिजन समेटेको छ ।

You may also like

This will close in 0 seconds