बुटवल।नेपाली कांग्रेसका रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार चुन्नप्रसाद पौडेलले चुनावी अभियानलाई तीव्र बनाएका छन् । चुनावी अभियानका क्रममा उम्मेद्वार पौडेलले रुपन्देही २ को सम्रग विकासको योजनासहित जनताको घर घरमा पुगेका छन । पौडेल बुधबार विहान रुपन्देही ७ दिपनगरका नागरिकसँग बुटवलको स्पष्ट विकासको योजनासहित घरदैलो अभियानमा गएका थिए ।

घरदैलोका क्रममा पौडेलले उद्योग, अर्थतन्त्र, स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै आफ्ना योजना स्थानीयसमक्ष प्रस्तुत गरेका थिए। उनले साना तथा मझौला उद्योग प्रवद्र्धन, रोजगारी सिर्जना, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार र सामुदायिक विद्यालय सुदृढीकरणलाई आफ्नो मुख्य एजेण्डा बनाएको बताए ।
“नयाँ अनुहार भन्दैमा मात्रै परिवर्तन हुँदैन, काम गर्ने इच्छाशक्ति र अनुभव चाहिन्छ,” पौडेलले भने, “मैले विगतमा गरेका समाजसेवी काम र आगामी योजनाका आधारमा जनताको विश्वास जित्ने प्रयासमा छु ।
घरदैलो अभियानका क्रममा स्थानीयले फूलमाला र खादा लगाएर सम्मान प्रकट गरेका थिए। धेरैले पौडेलको आगमनलाई सकारात्मक संकेतका रूपमा लिँदै यसपटक वास्तविक विकास चाहिएको बताएका छन् ।
स्थानीय बासिन्दाहरूले भने, “चुन्न जी हाम्रो टोलमा आउनु नै हामीका लागि सम्मानको विषय हो,बिगतमा चुनाव जितेकानेताहरुले हामीलाइ केही गरेनन्,आश्वासन मात्रै बाडेर फर्केर आएनन् ,चुन्नले विगतमा पनि सहयोग गर्नुभएको छ। नयाँ भन्दैमा मात्र परिवर्तन हुँदैन, काम गर्ने व्यक्ति चाहिन्छ। हामी आशावादी छौं कि यसपटक हाम्रो क्षेत्रले गति लिन्छ।”
दिपनगर बेल्टमा भएको उक्त घरदैलो अभियानमा स्थानीय युवाहरूको उल्लेख्य सहभागिता देखिएको थियो। युवाहरूले रोजगारी र सीप विकासका कार्यक्रम ल्याउन आग्रह गरेका छन् भने महिला समूहले स्वास्थ्य र स्वरोजगार सम्बन्धी योजनालाई प्राथमिकता दिन सुझाव दिएका छन्।

यस्तै बुधबार दिउँसो चुन्नप्रसाद बुटवल १ का चुनावी घरदैलो कार्यक्रम गरे । घरदैलो कार्यक्रममा चुन्नप्रसाद पौडेलले स्थानीयहरुसँग छलफल समेत गरेका थिए । उनले आफु राजनीतिमा जनताको सेवा गर्नका लागि आएको बताउँदै आफ्नो अन्य कुनै पनि स्वार्थ नरहेको बताए । नागरिकहरुको दुःख देखेर नै आफु राजनीतिमा आएकाले यस पटक सहयोग गर्न स्थानीयहरुसँग आग्रह गरे । साथै उनले बुटवल १ पुरानो बटौली समेत भएकाले यसलाई संरक्षण गर्ने बताए ।
चुन्न प्रसाद शर्मा पौडेलले घरदैलो अभियानलाई औपचारिक रुपमा मंगलबारदेखि सञ्चालन गर्दै निरन्तरता दिएका छन् । उनका अनुसार जनताको सुझाव र प्रतिक्रिया संकलन गर्दै व्यवहारिक र कार्यान्वयन योग्य योजना अगाडि बढाइने प्रतिज्ञा गरेका छन् । पारि बुटवलका मुस्लिम समुदायले नेपाली कांग्रेसका उम्मेदवारलाइ समर्थन गरेका छन् । उनीहरुले चुन्न प्रसादलाइ जिताउने भन्दै सबै समुदाय साथमै रहेको बताए ।समानुपातिक उम्मेदवार रिता सेन ओलीले कांग्रेस बलियो बनेर जनताका बिचमा पुगेकोले सबैतिर कांग्रेसको लहर बढेको बताइन् । उनले देश र संविधान जोगाएर नेपालको बिकास गर्न कांग्रेसको बिकल्प नभएको बताइन् ।
कांग्रेसले भोली बिहिबार सैनामैना नगरपालिका वडा न ४ र सैनामैना वडा न २ मा घरदैलोको कार्यक्रम रहेको नेपाली कांग्रेस रुपन्देही क्षेत्र न २ का निर्वाचन परिचालन मूल समितिका संयोजक तथा क्षेत्रीय सभापति प्रजापाल गिरिले जानकारी दिए ।




