77
काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले निर्वाचन आयोग धम्कीको प्रभावमा नपर्न आग्रह गरेको छ ।
उपसभापति विश्वप्रकाश शर्माले काँग्रेसका देउवा पक्षका कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले पत्रकार सम्मेलन गरेर आयोगले अन्यथा निर्णय गरे देशभर आन्दोलन गर्ने चेतावनी दिएकोप्रति संकेत गर्दै आयोग धम्कीबाट प्रभावित नहुने विश्वास व्यक्त गरेका हुन् ।
उनले विशेष महाधिवेशन विधानको कार्यान्वयन गर्न आयोजना गरिएको र महाधिवेशन सबैभन्दा शक्तिशाली निकाय भएको आयोगमा बताएका छन् ।
त्यस्तै अर्की उपसभापति पुष्पा भुसालले विधानको कार्यान्वयन गर्दै विशेष महाधिवेशन गरिएको भन्दै यसलाई विवादको विषय बनाउन नहुने स्पष्ट गरेकी थिइन् । उनले आयोगले छिटो निर्णय दिने विश्वास आफुहरुले गरेको बताएकी छन् ।



