बुटवल । बुटवल बाइकर्ज प्रा.लि. र यामाहा नेपालको सहकार्यमा यामाहा वर्कशपले ग्राहक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा वर्कशपका सर्भिस हेड निर्मल कार्कीले ग्राहकहरूको विश्वास र निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै गुणस्तरीय र समयमै सेवा प्रदान गर्नु वर्कशपको प्रमुख लक्ष्य रहेको बताए। उनले ग्राहकबाट प्राप्त सुझावलाई सेवा सुधारमा समावेश गरिने प्रतिबद्धता जनाए।
त्यसैगरी, यामाहा नेपालका क्षेत्रीय सेवा प्रबन्धक अजय सिंहले यामाहा ब्रान्डले सधैं ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्दै आएको उल्लेख गरे। उनले यस्ता ग्राहक भेटघाट कार्यक्रमले ग्राहक र सेवा प्रदायकबीचको सम्बन्ध थप मजबुत बनाउने बताए।
कार्यक्रममा सहभागी ग्राहकहरूले आफ्ना सेवा अनुभव, सुझाव तथा अपेक्षाहरू खुला रूपमा राखेका थिए। आयोजकका अनुसार कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो।



