राष्ट्रिय व्यवसायिक पहलको लुम्बिनी प्रदेश संयोजकमा उज्ज्वलप्रसाद कसजू

by समतल अनलाइन
81Shares

बुटवल । राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)ले लुम्बिनी प्रदेशका लागि उज्ज्वलप्रसाद कसजूलाई प्रदेश संयोजक नियुक्त गरेको छ । एनबीआईको वार्षिक साधारण सभाबाट भएको निर्णयअनुसार कसजूलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो ।

एनबीआईका अध्यक्ष कुवेरमणी जोशीले कसजूलाई लुम्बिनी प्रदेश संयोजकको जिम्मेवारी दिनुभएको हो । नियुक्तिसंगै कसजूले लुम्बिनी प्रदेशमा एनबीआईका कार्यक्रम तथा अभियान विस्तार, स्थानीय व्यवसायिक संघ–संस्था, निजी क्षेत्र तथा सरोकारवालासँग समन्वय, नीति तथा निर्देशन कार्यान्वयन तथा केन्द्रीय कार्यालयसँग नियमित समन्वय गर्ने जिम्मेवारी सम्हाल्नुहुनेछ ।

कसजू नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य हुनुका साथै बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीका निवर्तमान अध्यक्ष हुनुहुन्छ । उहाँ सिद्धिविनायक फूड इण्डष्ट्रिजका अध्यक्षसमेत रहेनु भएको छ ।

व्यवसायिक क्षेत्रमा लामो अनुभव र संस्थागत नेतृत्वको पृष्ठभूमि रहेर काम गर्नुभएका कसजूले प्राप्त गर्नुभएको भूमिकाले लुम्बिनी प्रदेशमा जिम्मेवार व्यवसायिक अभ्यास, दिगो आर्थिक विकास, संस्थागत सामाजिक उत्तरदायित्व र सुशासन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने एनबीआईको विश्वास छ ।

You may also like