आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइदै

by समतल अनलाइन
76Shares

काठमाडौं । आज २८ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइदैछ । भूकम्पसम्बन्धी विविध सचेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाइँदैछ ।

यसबर्ष ‘सबै तहका सरकार, सबै नागरिकको तयारी, भुकम्प उत्थानशील नेपाल अबको जिम्मेबारी’ भन्ने नाराका साथ भुकम्प सुरक्षा दिवस मनाउन लागिएको छ ।

यस दिवसको मूल समारोहको कार्यक्रम काठमाडौं महानगरपालिका स्थित खुल्लामञ्चमा आयोजना गरिदैछ । आज वसन्तपुर क्षेत्रमा विभिन्न संस्थाहरुले लामवद्ध भई भूकम्प सुरक्षा र्‍यालीमा भाग लिनेछन् । वसन्तपुरबाट शुरु भएर उक्त र्‍याली आकाश भैरब, इन्द्रचोक, असन, भोटाहिटी हुँदै कार्यक्रम स्थल खुल्लामञ्चमा आइपुग्नेछ । र्‍याली पश्चात प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा मूल समारोह समितिको कार्यक्रम आयोजना गरिनेछ ।

वि.सं. १९९० साल माघ २ गतेका दिन २ बजेर २४ मिनेट जाँदा गएको महाभूकम्पको स्मृतिमा गृह मन्त्रालयको संयोजकत्वमा २०५५ सालदेखि हरेक वर्ष माघ २ गतेका दिनलाई भूकम्प सुरक्षा दिवसको रुपमा मनाइँदै आइएको छ । उक्त दिन दिउँसो २:२४ बजे गएको ८.४ म्याग्निच्युडको भूकम्पले ठुलो जनधनको ठूलो क्षति पुर्‍याएको थियो ।

You may also like