सुनको भाउको अहिलेसम्मकै उच्च

by समतल अनलाइन
56Shares

काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको भाउ प्रतितोला २ लाख ७८ हजार रुपैयाँ तोकेको छ।
सुनको भाउ बुधबार अघिल्लो दिनको भन्दा १ हजार ५ सय रुपैयाँले बढेको छ।

चाँदीको भाउ प्रतितोला ५ हजार ६५५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको भन्दा ३१५ रुपैयाँले बढी हो।
३० पुस, काठमाडौं । विगत केही दिनदेखि नै सुनचाँदीले नयाँ मूल्य रेकर्ड बनाइरहेको छ । यसै क्रममा बुधबार पनि सुन र चाँदीको मूल्यले अघिल्लो दिनको रेकर्ड तोडेको छ ।

बुधबार सुनको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ७८ हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ७६ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ उच्च दरले बढेको छ । एकैदिन तोलामा ३१५ रुपैयाँले चाँदीको भाउ बढेको हो । महासंघले यस दिनका लागि चाँदी प्रतितोला ५ हजार ६५५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार कारोबारका क्रममा सुनको भाउ प्रतिऔंस ४ हजार ६ सय अमेरिकी डलर नाघेको छ । त्यस्तै चाँदी प्रतिऔंस ९० डलर नाघेको छ ।

एक औंस बराबर २.४३ तोला हुन्छ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी महँगिनुको कारण अमेरिकाले निम्त्याएको विश्वव्यापी तनाव रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य बताउँछन् ।

‘जहिले पनि अन्तर्राष्ट्रिय तनाव वा द्वन्द्व बढ्दा सुन र चाँदीको मूल्य पनि बढ्ने गर्छ, अहिले प्रमुख यहीं कारण हो’ उनले भने । भेनेजुएला कब्जा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान, ग्रिनल्यान्ड लगायत मुलुकलाई धम्की दिँदै आएका छन् ।

साथै उनले रुससँग तेल खरिद गर्दै आएका भारतसहित विभिन्न मुलुकलाई ५०० प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएका छन् ।

यसले अन्तर्राष्ट्रिय द्वन्द्व बढ्ने डरले विभिन्न केन्द्रीय बैंक र लगानीकर्ता समेत सुन र चाँदीमा लगानी बढाइरहेका छन् । जसले मागसँगै मूल्य बढिरहेको बज्राचार्य बताउँछन् । अन्तर्राष्ट्रिय कमोडिटी बजारमा मूल्य बढ्दा नेपाली बजारमा त्यसको सिधा असर पर्दछ ।

You may also like