45
काठमाडौँ । सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
योसँगै प्रतिनिधिसभा विघटन भए पनि स्थायी सदनका रूपमा रहेको राष्ट्रिय सभाको अधिवेशन शुरु हुने भएको छ ।



