सुन तोलाको ७ हजार ९ सयले घट्यो, चाँदीमा पनि गिरावट

by समतल अनलाइन
76Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ७ हजार ९ सयले घटेर तोलाको २ लाख ६२ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ७० हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३०५ रुपैयाँले घटेर ४५९० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४८९५ मा कारोबार भएको थियो ।

You may also like

This will close in 0 seconds