मदिरा व्यवसायी संघ रुपन्देहीद्वारा १७औँ स्थापना दिवसमा रक्तदान, ५० युनिट रगत संकलन

by समतल अनलाइन
53Shares

बुटवल । मदिरा ब्यबसायी संघ रुपन्देहीले शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। १७ औं स्थापना दिवसकाे अबसरमा आयोजित रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको मदिरा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष बावुराम ज्ञवालीले जानकारी दिए।

रक्तसञ्चार केन्द्र बुटवलमा आयोजीत रक्तदानमा विभिन्न संघ सस्थाका प्रतिनिधिको समेत सहभागिता रहेकाे कार्यक्रम संयोजक सुमन न्यौपानेले जानकारि दिए। संघका अध्यक्ष बावुराम ज्ञवालीकोे अध्यक्षतामा सम्पन्न भयको कार्यक्रममा वोल्दै प्रमुख अतिथी संघका संस्थापक अध्यक्ष अमर सिंह प्रधानले संस्थाले पछिल्लाे समय सामाजिक उत्तरदायित्व अन्तर्गत रचनात्मक कार्यक्रम गर्दै गइरहेकोमा खुसी प्रकट गरेका थिए ।

कार्यक्रममा बोल्दै लुम्विनी प्रदेश अध्यक्ष शम्भु भट्टराई,संघका निवर्तमान अध्यक्ष हिमालय भुषाल, सल्लाहाकार दिनेश श्रेष्ठ, अशोक श्रेष्ठ, लगायतले बोल्दै संकटमा रहेकाे व्यवसायलाइ माथी उठाउन सबै एक जुट हुनु पर्ने र सामाजिक कामलाइ पनि प्राथमिकता राखेकोमा जोड दिएका थिए।

संघका महासचिव जीवन पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष सल्लाहकार कृष्ण गौतम, मिग्रेन्द्र गोविन्द श्रेष्ठ लगायतले समेत आ आफ्नो धारणा राखेका थिए भने स्थापना दिवसकै अबसरमा शनिबार अपाङ्ग आश्रम देवीनगरमा खाना खुवाउने कार्यक्रम समेत रहेको संघका प्रथम उपाध्यक्ष बाबुलाल खनालले जानकारि दिए।

You may also like

This will close in 0 seconds