29
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने सम्भावना छ।
महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।
देशका केही पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने भए पनि अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। तराईका केही स्थानमा बिहानपख हुस्सु वा कुहिरो लाग्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
नेपालबाट मनसुन बाहिरिसकेको अवस्थामा हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

