बुटवल । बुटवलको स्कलर्स होम सेकेण्डरी स्कुलले ३४ औँ स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । शुक्रबार विद्यालयको सि ब्लकमा भएको कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रदेश पूर्व स्वस्स्थ्यमन्त्री विष्णु पन्थीले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै पन्थीले विद्यार्थीहरुको शैक्षिक विकासमा निजि विद्यालयहरुको भुमिका महत्वपूर्ण भएको बताए । विद्यालय, शिक्षकमात्र नभई अभिभावकको पनि उत्तिकै योगदान रहने उदाहरण दिए । कार्यक्रममा विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले शिक्षा र खेल गतिविधिमा स्कलर्स उत्कृष्ट विद्यालयको पहिचान बनाउन सफल रहेको बताए ।
सैद्धान्तिक र ब्यवहारिक ज्ञान दिन आफुहरु सफल रहेको उनले बताए । विद्यालय शिक्षा विधेयकको विषयमा सरकारबाट निजि विद्यालयको हकहितमा हुन गरि बनाउन उनले सुझाव दिए । विद्यार्थीहरुको भविष्यप्रति चिन्तनका साथ अभिभावकहरुसंग अन्तरक्रिया र छलफल गर्दै अघि बढेको उनले बताए । निजि लगानीमै एकेडेमी संचालन गरेर खेलाडी उत्पादन गर्दै आएको उनले बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनहरी बश्यालले लामो ईतिहास बोकेको विद्यालयको अहिलेसम्म आईपुग्दा हासिल गरेका उपलब्धिका बारेमा बताए । कार्यक्रममा वडा नं ९ का वडाअध्यक्ष प्रदिप कुमार श्रेष्ठले वडाभित्र एकमात्र नीजि विद्यालय गौरवका रुपमा शिक्षा दिन सफल भएको बताए ।
कार्यक्रममा जागरण टोल विकास संस्थाका अध्यक्ष मन्जु कुवर, सल्लाहकार गोपाल न्यौपाने, लंक बस्नेत, उपप्राचार्य टिकाराम गौतम लगायतले भनाई राखेका थिए । वार्षिकोत्सवको अवसरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण र कक्षा नर्सरीदेखि कक्षा १२ सम्म निरन्तर रुपमा अध्ययन गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सांस्कृतिक कार्यक्रममा विधार्थीहरुले नृत्य, कला तथा विविध रचनात्मक प्रस्तुति दिएका थिए ।
यस्तै विद्यालयले वार्षिकोत्वसको अवसरमा विभिन्न २८ विधामा खेलकुदका कार्यक्रम समेत गरेको थियो भने १२ औँ संस्करणको जिल्ला स्तरीय अन्तर विद्यालय हाजिरिजवाफ प्रतियोगिता समेत गरेको थियो । खेलकुदका विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई समेत पुरस्कार वितरण गरिएको थियो । कार्यक्रम लेखा तथा प्रशासन शाखा प्रमुख लोक भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।
स्कलर्स होर्म स्कुलको ३४ वर्ष अघि शिव गुरुङ र लक्ष्मी गुरुङले स्थापना गरेको थिए । अहिले ३ वटा ब्लकमा संचालनमा रहेको स्कर्लस होम स्कुलमा अहिले १५०० भन्दा धेरै विद्यार्थीहरु अध्यापनरत रहेका छन् भने १२० बढी शिक्षक कर्मचारी रहेका छन् । विद्यालयले माध्यमिक तह, एसइइ लगायतका राष्ट्रिय परीक्षामा उत्कृष्ट नतिजा हाँसिल गर्दै आइरेको छ।





