सिपमुलक अन्तर्गत पाँच दिने अचार बनाउने तालिम सम्पन्न

by समतल अनलाइन
68Shares

बुटवल। रुपन्देहीको शुद्धाेदन गाउँपालिका ४ फर्साटिकर अवस्थित सौ,फर्साटिकर सामुदायिक सिकाई केन्द्रको आयोजनामा र शुद्धोदन ३ वडा कार्यालयको आर्थिक सहयोगमा सिपमुलक अन्तर्गत पाँच दिने अचार बनाउने तालिमकाे समापन कार्यक्रम शुक्रबार शुद्धोदन ३ सियाभार मन्दिरको सभाहलमा सम्पन्न भएको छ।

सौ,फर्साटिकर सामुदायिक सिकाई केन्द्रका अध्यक्ष रामेश्वरी सिंहको अध्यक्षतामा र शुद्धोदन गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष हेम खड्काको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि खड्काले मानिसको चोला जीवन रहेसम्म सिकाइमै बित्ने हुँदा हरेक व्यक्तिले हरेक दिन कुनै न कुनै नयाँ ज्ञान हासिल गर्नुपर्ने बताउदै वडाका महिलाहरूलाई स्थानीय  उत्पादनको प्रयोग गरेर अचार बनाई आयार्जनमा  वृद्धि  गर्ने उदेश्यले यो तालिम गरिएको र सहभागीहरू को मागलाई मध्यनजर गरि थप एडभान्स तालिमको व्यवस्था गरिने बताउनुभयो।

तालिममा ४५ जनाको सहभागिता महिलाहरु रहेको र गाउँमै बसेर केही गर्न खोज्ने स्थानीयलाई तालिम दिएर उहाँहरूलाई पेसा तथा व्यवसायमा आबद्ध बनाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाका अध्यक्ष रामेश्वरी सिंहले बताउनुभयो।उक्त कार्यक्रममा शुद्धोदन ३ का वडा सदस्य णम कुमारी पंगेनी,शुद्धोदन ३ का वडा सचिव शारदा भुसाल,संस्थाका सल्लाहकार शोभा आले,प्रशिक्षक रेशम सिंह ठकुरी,बुद्धज्योती टोल विकास संस्थाका अध्यक्ष हुमलाल खनाल,बेतही टोल विकास संस्थाका अध्यक्ष सुदिप भण्डारी,सहभागी व्रिन्द्रा अर्याल,दुर्गा बस्याल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।संस्थाका उपाध्यक्ष नवराज आचार्यको स्वागतमा र संस्थाका सामाजिक परिचालिका अन्जना रेग्मीको संचालनमा सो कार्यक्रम सम्पन्न भएको थियो।

प्रमुख अतिथि अधिकारीले पानशमा दिप प्रजोलन गरि उद्घाटन गर्नुभयो । प्रमुख अतिथि अधिकारीले यस सामुदायिक सिकाई केन्द्र संस्थाको शैक्षिक उन्नतिका लागि उल्लेखिय कार्य गरेको प्रतिबेदनबाट पाएको भन्दै धन्यवाद व्यक्त गर्दै ।यो सामुदायिक सिकाइ केन्द्र वडा नम्बर ३ र ४ का महिला तथा बालबालिकालाई पाई पर्ने भएको हुनाले यस सिकाइ केन्द्रलाई वडा नम्बर ४ को कार्यालय बाट हुने पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता समेत गर्नुभयो।

You may also like

This will close in 0 seconds