सरकारलाई विप्लवको प्रश्न : सरकारले चुनाव चाहेको कि युद्ध?

by समतल अनलाइन
67Shares

काठमाडौँ ।नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सुशीला कार्की नेतृत्वको सरकारले आफ्नो पार्टीलाई युद्धतर्फ धकेल्न खोजेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कपिलवस्तु र अर्घाखाँचीस्थित पार्टीका श्रम शिविरमा प्रहरीले अपरेसन गरेको भन्दै आपत्ति जनाए । सरकार निर्वाचनभन्दा युद्धतर्फ धकेल्ने प्रयासमा लागेको उनको भनाइ थियो ।

उनले ती क्षेत्रमा परिचालित प्रहरी तत्काल फिर्ता नबोलाए सरकारविरुद्ध कडा संघर्षमा होमिने चेतावनी दिए । ‘सरकारले चुनाव गर्न चाहेको हो कि युद्ध?’ भन्दै उनले प्रधानमन्त्री कार्कीलाई प्रश्न गरे । अपरेसन गलत भएको स्वीकार गरी माफी नमागे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने उनले बताए ।

महासचिव विप्लवले भने, ‘हाम्रो केन्द्रीय कम्युनमा प्रहरीहरूको अपरेसन भयो। हामी सुशीलालाई यहीँबाट थ्रेट गर्न चाहन्छौँ- राम्रोसँग सुन– तिमीले चुनाव गर्न चाहेको हौ कि युद्ध गर्न चाहेका हौ? यो कुराको फैसला चाहिन्छ।’

महासचिव विप्लवले आगामी निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने घोषणा पनि गरे ।

You may also like

This will close in 0 seconds