44
काठमाडौँ। नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण भएको जनाएको छ।
सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइलीले बिहीबारसम्म ६ लाख ६६ हजार सदस्यताको नवीकरण सम्पन्न भएको जानकारी दिए।
कांग्रेसमा कुल ८ लाख ८९ हजार क्रियाशील सदस्य रहेका छन् । रसाइलीका अनुसार छुटपुट दर्ता र केही स्थानका विवाद आन्तरिक छलफलबाटै टुंग्याउने निर्णय गरिएको छ।
विवाद रहेका सुर्खेत, काठमाडौँ-६ र पर्सामा भने नवीकरण फारम पठाउने र नवीकरण केन्द्रमै गर्ने निर्णय भएको उनको भनाइ छ।
त्यसैगरी जनता समाजवादी पार्टीबाट कांग्रेस प्रवेश गरेका सहसराम यादवलाई कपिलवस्तुका लागि ५७५ वटा सदस्यता नवीकरण फारम उपलब्ध गराउने निर्णय भएको छ ।





